हेटौंडा सिमेन्टका माओवादी निकट औद्योगिक मजदुर एकीकृत समाजवादीमा
मकवानपुर । हेटौंडा सिमेन्ट उद्योगमा नेकपा (माओवादी केन्द्र) निकट रहेर काम गरिरहेका मजदुरहरु नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।
लामो समयदेखि उद्योग सञ्चालन र नियमित तलब सुविधाको माग सहित आन्दोलनमा रहेका अखिल नेपाल औधोगिक मजदुर संगठन इकाई कमिटिको माग प्रति कुनै पहल नभइ बेवास्ता गरेको भन्दै उनीहरुले संगठनमा विद्रोह गरी एकीकृत समाजवादी रोजेको बताएका छन् ।
सरकारको महत्वपूर्ण पदमा रहँदा पनि उद्योग सञ्चालन र मजदुरको तलब सुविधालाई बेवास्ता गर्दै पार्टीका नेताहरु आफ्नै शैलीमा अघि बढेपछि संगठनमा रहनुको कुनै औचित्य नभएको भन्दै नेकपा एसमा समाहित भएको दिपकसिं थोकरले बताए । उनका अनुसार मजदुर संगठनमा रहेका ५५ सदस्य मध्ये ३३ जनाले विद्रोह गरेर नयाँ ढंगबाट अघि बढ्ने तयारी गरेको बताए ।
संगठन परित्याग गरेकाहरुलाई एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देल, पार्टीका केन्द्रीय सदस्य मीनाकुमारी लामा, जिल्ला अध्यक्ष बिष्णु दाहालले टिका र खादा लगउँर्दै स्वागत गरे । पार्टीमा स्वागत गर्दै जिल्ला इन्चार्ज सिग्देलले मजदुरका सकारात्मक आन्दोलनलाई सफल बनाउका लागि पार्टी सधै सकारात्मक रहँने बताइन् । हेटौंडा सिमेन्टभित्रको बेथितीलाई चिर्दै अघि बढ्नको काममा सधै नेतृत्व मजदुरको पक्षम रहने भन्दै सरकारी स्वामित्वका उद्योग धरासायी बनाउँने कामलाई रोक्न तर्फ लाग्न सुझाव दिइन् ।
समाजवादीमा समाहित भएसँगै थोकरको नेतृत्वमा नेपाल औंद्याोगिक मजदुर संगठन हेटौंडा सिमेन्ट इकाई कमिटि गठन गरिएको छ ।
संगठनको बरिष्ठ उपाध्यक्षमा काशीनाथ सुवेदी, महिला उपाध्यक्ष अमृता थापा, उपाध्यक्ष भरत ठाकुर, सचिव सुरेन्द्र घलान, सह सचिब जुनु अधिकारी र कोषाध्यक्षमा अनिल महासेठ चयन भएका छन् । इकाई कमिटिमा १३ जना सदस्य र ४ जना सल्लाहकार रहेका छन् ।