सेढाईको सरुवा, चिलुवाल आउने
मकवानपुर । मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईको सरुवा भएको छ । उनको काभ्रेपलाञ्चोकमा जिल्ला प्रशासन कार्यालयमा सरुवा भएको छ ।
मकवानपुरमा भने तिर्थराज चिलुवाल आउने भएका छन् । गृह मन्त्रालयले एकैपटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको हो ।
विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको हो ।
गृहमन्त्री रविज लामिछानेको निर्णय अनुसार १६ जिल्लामा नयाँ सीडीओ खटाइएको छ ।