तिनताप्के–घडेरीडाँडा–हात्तिगौँडा सडक स्तरिकण शुरु

लोकखबर
१७ जेष्ठ २०८१, बिहीबार १७:३३

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ स्थित तिनताप्के पुलदेखि घडेरीडाँडा–हात्तीगौंडा सडक स्तरीकरण कार्यको आज शिलान्यास गरिएको छ । हेटौँडा उपमहानगरपालिकाकाकी नगर प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा सडक स्तरिकणको शिलान्यास गरेका हुन् ।

हेटौँडा उपमहानगरपालिकाका अनुसार २ करोड ६७ लाख ८२ हजार १ सय ३९ रुपियाँको लागतमा सड स्तरिकण हुन लागेको हो । निर्माण हुने सडकमा मेसिनरी वाल तथा १.५ किमि सडक स्ल्याव हुनेछ ।

वि.सं. २०८० साल माघमा निर्माण सम्झौता भएको यो सडक आकाश बादल–पेपुङ जेभी चम्पी ललितपुरले निर्माण ठेक्का पाएको थियो । यो सडक खण्डको विशेषगरी रमन्टार घडेरी डाँडा ईलाकामा मात्रै स्ल्याब ढलान बाँकी रहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*