मकवानपुरमा अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ

लोकखबर
२०८१ जेष्ठ १९, शनिबार १६:३७

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब २ किलो ५ सय ग्रामसहित राक्सिराङ गाउँपालिका–१ बस्ने २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा. ३ ख ८३८२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।

पक्राउ परेका दुई जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको