सकिनै थाल्यो एमाले मकवानपुरको मतगणना, अध्यक्षमा श्रीधर र उपाध्यक्षमा हिदम अगाडि

लोकखबर
२०८१ जेष्ठ २१, सोमबार १५:२९

मकवानपुर । नेकपा (एमाले) मकवानपुरको १२ औँ जिल्ला अधिवेशनअन्तर्गत जिल्ला नेतृत्वको लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणनास्थलमा भएका संचारकर्मीहरुका अनुसार अब केबल ६५ मतमात्रै गन्न बाँकी छ ।

अन्तिम चरणमा पुग्नै लाग्दा अध्यक्षमा श्रीधर पोखरेल र उपाध्यक्षमा हिदम लामा अगाडि देखिएका छन् । पोखरेलले हालसम्म २९१ मत प्राप्त गरेका छन् भने लामाले ४३८ मत प्राप्त गरेका छन् । सचिवमा सिता विष्ट २७९ सहित अगाडि छन् । उपसचिवमा पुरुषतर्फ फुर्वा लामा २१५ मतसहित अगाडि छन् भने उपसचिव महिलातर्फ आरती पाठक २२२ मत प्राप्त गर्दै शिर्ष स्थानमा रहेकी छिन् ।

आइतबार भएको निर्वाचनको मतगणना आज पौने १० बजे सुरु गरिएको थियो । जिल्ला अध्यक्षका लागि श्रीधर पोखरेल, इन्द्रमान स्याङतान, लालबहादुर थापा र देवराज रिमाल प्रतिस्पर्धामा छन् । अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ५ सदस्सीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । नयाँ नेतृत्व चयनका लागि आइतबार ७६५ जना प्रतिनिधिले मतदान गरेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको