मकवानपुर प्रहरीले १९ लाख ४३ हजारमा लिलामी गर्यो १५९ वटा सवारी

लोकखबर
२०८१ जेष्ठ २१, सोमबार १५:४१

मकवानपुर । मकवानपुर प्रहरीले सरकारी तथा स्वामित्व नखुलेका वेवारिसे सवारी साधनहरु लिलामी बिक्री गरेको छ । आईतबार जम्मा १९ लाख ४३ हजार ९ सय ३४ रुपैयाँ ४७ पैसामा १५९ वटा सवारी साधनहरु लिलामी गरेको हो ।

सरकारी तथा स्वामित्व नखुलेका वेवारिसे मोटर साईकलहरु लिलाम बिक्री गर्ने भनी आदेश आएपछि जिल्ला प्रहरी कार्यालय तथा त्यस मातहातमा हरेका चारपाङ्ग्रे सवारीहरु २ वटा र दुईपाङ्ग्रे सवारीहरु १५५ वटा गरी जम्मा १५९ वटा सवारी साधनहरु लिलाम बिक्रीका लागि बैशाख ७ गते बोलपत्र आह्वान गरिएको थियो ।

बोलपत्र मार्फत मकवानपुरको हेटौँडा २ मा अवस्थित रेड राईजिङ सप्लायर्सले ती सामग्रीहरु खरिद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको