एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल चयन

लोकखबर
२१ जेष्ठ २०८१, सोमबार १६:४४

मकवानपुर । नेकपा (एमाले) मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल चयन भएका छन् । एमाले मकवानपुरको १२ औँ जिल्ला अधिवेशन अन्तगर्त भएको निर्वाचनमा ३१३ मत ल्याउँदै पोखरेल विजी भएका हुन् । कुल ७६५ मतमध्ये अध्यक्ष उम्मेदवारहरु इन्द्रमान स्याङ्तानले २६२ मत, लालबहादुर थापाले १६६ र देवराज रिमालले जम्मा ११ मत प्राप्त गर्दै पराजित भएका थिए ।

त्यस्तै जिल्ला उपाध्यक्षमा भारी मतका साथमा हिदम लामा विजयी भएका छन् । उनले सर्वाधिक ४७६ मत प्राप्त गरेका थिए । उपाध्यक्षका अन्य उम्मेदवारहरु सुनिल मुक्तानले १९७ मत, भरत दुलालले ३८ मत र ध्रुवप्रसाद चौँलागाईले २६ मत प्राप्त गर्दै पराजित भएका थिए ।

सचिवमा २९७ मत प्राप्त गर्दै सिता विष्टले जीत हासिल गरेकी छिन् । सचिव पदका अन्य उम्मेदवारहरु मदनकुमार दाहालले २५५ र राजन थापाले १७१ मत प्राप्त गरेका थिए । त्यस्तै उपसचिव पुरुष तर्फ २४१ मतका साथमा फुर्वादोर्जे लामा र उपसचिव महिलातर्फ २४१ मत प्राप्त गर्दै आरती पाठक चयन भएका छन् । उपसचिव पुरुषतर्फका उम्मेदवारहरु दिपक खड्काले १६७ मत, इन्द्र नेपालले १२९ मत, खेमराज जर्गा मगरले १०० मत र कृष्णप्रसाद चौँलागाईले ८६ मत प्राप्त गर्दै पराजित भएका छन् । त्यस्तै उपसचिव महिला पदका उम्मेदवारहरु पार्वती राना १७२ मत, कल्पना बलामी १५६ मत र जुना दाहाल १५२ मत प्राप्त गर्दै पराजित भएका छन् ।

आइतबार भएको निर्वाचनको मतगणना आज बिहान सुरु गरिएको थियो । अधिवेशनले ५ पदाधिकारीसहित १ सय ५ सदस्सीय जिल्ला कमिटी निर्वाचित गरेका छ । नयाँ नेतृत्व चयनका लागि आइतबार ७६५ जना प्रतिनिधिले मतदान गरेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*