एकिकृत समाजवादीको हेटौँडा नगर भेलाको तयारी सम्पन्न

लोकखबर
२०८१ जेष्ठ २५, शुक्रबार १५:११

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादीको प्रथम नगर भेलाको तयारी सकिएको छ ।

हेटौंडाको पल्पसा सदनमा जेठ २६ गते शनिबार बिहान ८ बजेदेखि हुने नगर सम्मेलनको उद्घाटन पार्टीका केन्द्रिय नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले गर्ने कार्यक्रम रहेको पार्टीका नगर सचिव सफल अधिकारीले जानकारी दिए ।

२११ जना प्रतिनिधि रहने नगर सभामा १५ जना दलित, ६६ जना महिला, ५ जना मुस्लिम , र खुलातर्फ १२४ जना सदस्य रहने अधिकारीको भनाइ छ ।
अधिवेशनमा १९ वटै वडा कमिटीको सभागिता रहने जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको