हेटौँडामा ११ जना अग्रजलाई सम्मान

लोकखबर
२६ जेष्ठ २०८१, शनिबार २१:१२

मकवानपुर । नेकपा एकिकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको शनिवार सम्पन्न प्रथम नगर अधिवेशनमा नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका एघार जना अग्रज व्यक्तित्व सम्मानित भएका छन् ।

सम्मानित हुनेमा घननाथ अधिकारी, श्रीबहादुर घलान, इन्द्रसिं थिङ, खिला कुमारी लामिछाने, कुलप्रसाद रुपाखेती, बद्रीप्रसाद न्यौपाने, सीता बराल, बद्री देवकोटा, कृष्णमाया थिङ, विशुुकुमार थापा र सन्तबहादुर राना मगर रहेका छन् ।

नेपाली कम्युनिष्ट आन्दोलनको विकासका लागि योगदान पुर्‍याएकोप्रति उनीहरुलाई सम्मान गरिएको एकीकृत समाजवादी हेटौंडा उपमहानगर कमिटिका सचिव सफल अधिकारीले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*