‘अब समाजवादी क्रान्ति’: सम्मानित नेता खनाल

लोकखबर
२६ जेष्ठ २०८१, शनिबार २१:१९

मकवानपुर । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता एवम् पूर्व पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालमा पुँजीवादी क्रान्ति सकिएकाले अब समाजवादी क्रान्तिको दिशामा अघि बढ्नुपर्ने बताएका छन् । नेकपा एकिकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको शनिवार सम्पन्न प्रथम नगर अधिवेशन उद्घाटन गर्दै नेकपा खनालले यस्तो बताएका हुन् ।

नेता खनालले देशमा अब समाजवादी क्रान्ति आवश्यक भएकाले यस दिशामा आफ्नो पार्टी अगाडी बढ्ने बताए ।‘हामी महाधिवेशनको तयारीमा छौं । महाधिवेशनले समाजवादी कार्यक्रमहरु अगाडी सारेर जानेछ ।’ खनालले भने,‘अब सबै दलले समाजवादको एजेन्डालाई अघि सार्नुपर्छ ।’ उनले जनताको बहुदलीय जनवाद अन्तर्गतका कार्यक्रमको सान्दर्भिकता सकिएको बताउँदै एमाले पनि समाजवादको एजेन्डामा आउनुपर्ने बताए ।

झन्डै दुई तिहाई जनमत पाएको तत्कालीन नेकपाको सरकारको नेतृत्वकर्ता केपी शर्मा ओलीले दुई–दुई पटक संसद विघठन गरेर जनताको आकांक्षा पूरा गर्ने अवसर गुमाएको उल्लेख गरे ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*