हेटौँडाबाट १ जना पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् ।
प्रहरीले मनहरी गाउँपालिका–२ बस्ने ३० वर्षीय दिनेश गोङबालाई गएराति करिब १२ किलोग्राम गाँजासहित पक्राउ गरेको हो। प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.३२ प २५९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।











































