हेटौँडामा बाल समूहद्वारा योग शिविर संचालन

लोकखबर
२९ जेष्ठ २०८१, मंगलवार १२:३६

मकवानपुर । मकवानपुरको हेटैँडा उपमहानगरपालिका वडा नम्बर ८ कालिका टोलस्थित निलगिरी बाल समूहको आयोजनामा एकदिने योग शिविर कार्यक्रम गरिएको छ ।

बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ लाभको लागि योग शिविरको आयोजना गरिएको कालिका टोल विकास संस्थाकस्ी ुसचिव अर्चना कार्कीले जानकारी दिइन् । आउँदै गरेको योग दिवसलाई लक्षित गरि कालिका टोल विकास संस्था हेटौंडा ८ कमानेको सह आयोजनामा गरिएको शिविरमा ८ देखि १८ वर्ष सम्मका २५ जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।

सिमोन भट्टराईको सभाध्यक्षता तथा हेटौंडा ८ का वडाध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा कालिका टोल विकास संस्थाका अध्यक्ष रामकृष्ण प्रसाद घिमिरे , जिल्ला योग शिविरका अध्यक्ष रामकृष्ण थापा लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*