एमाले मकवानपुरको नयाँ कार्यसमितिको सपथ ग्रहण सम्पन्न

लोकखबर
२९ जेष्ठ २०८१, मंगलवार १५:१६

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको नव निर्वाचित कमिटीले आज सपथ ग्रहण गरेको छ । एमाले मकवानपुरको १२ औं अधिवेशनबाट निर्वाचित कमिटीले आज सपथग्रहण गरेको हो ।

एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेलको प्रमुख आतिथ्यतामा नव निर्वाचित कमिटीलाई सफथ ग्रहण गराइएको हो ।

१२ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष श्रीधर पोख्रेल, उपाध्यक्ष हिदम लामा, सचिब सिता विष्ट, उपसचिब फुर्वा दोर्जे लामा, आरती पाठक लगायत सबै सदस्यहरुलाई आज सपथग्रहण गराइएको हो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय नेताहरु मुकुन्द न्यौपाने, केदार न्यौपाने, देवि ज्ञवाली, डोरमणि पौडेल, रामेश्वर राना लगायतकाको आतिथ्यता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*