भीमफेदी गाउँपालिकामा कृषि सम्बन्धी अवधारणा प्रस्तुत

लोकखबर
२०८१ जेष्ठ ३०, बुधबार ०६:३६

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा मकवानपुर उद्योग वाणिज्य संघले कृषि सम्बन्धी अवधारणा प्रस्तुत गरेको छ । भीमफेदी गाउ“पालिकाका अध्यक्ष हिदम लामा र उपाध्यक्ष संजिब श्रेष्ठ समक्ष मंगलबार कृषि सम्बन्धी अवधारणा प्रस्तुतिकरण गरिएको हो ।

संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा हेटौँडामा भएको कार्यक्रममा संघका सहकोषाध्यक्ष तथा कृषि प्रवद्र्धन समितिका संयोजक निलम पाण्डेले कृषि सम्बन्धी अवधारणा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा मन्तव्यको क्रममा मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताले कृषि र कृषि उद्यमबारे चर्चा गरेका थिए ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले प्रस्तुतिकरणमा आएका सुझावहरु महत्वपूर्ण रहेकाले पालिकाको नीति निर्माणमा मागदर्शक हुने बताए । उनले सरकारको एकल प्रयासले मात्र सबै लक्ष्य प्राप्त हुन नसक्ने भएकाले निजी क्षेत्रसंग सहकार्य महत्वपूर्ण हुने बताए ।

वैदेशिक तथा आन्तरिक ऋणको सहायताले देशको बजेटलाई पूर्णता दिनुपर्ने अवस्था रहिआएको, नेपालको जमिनको ४९ प्रतिशत भाग जंगलले ओगटेकाले वनलाई आयआर्जनसंग जोड्नुपर्ने, सचेत नागरिक नै आयआर्जनमा नरहेको र उत्पादनसंग नजोडिएको अध्यक्ष लामाको भनाइ थियो । कृषि प्रधान मुलुकमा तरकारी तथा खाद्यान्न विदेशबाट आयात गर्नुपर्ने बाध्यताप्रति उनले चिन्ता व्यक्त गरे ।

तिन तहको सरकार मध्ये जनताको सबैभन्दा नजिक पालिका रहेको, भीमफेदी गाउँपालिकाले किसानलाई रैथाने कोदो उत्पादनमा अनुदान तथा न्यूनतम समर्थन मूल्य प्रति किलो रु. ५६ तोकी पालिकाले नै खरिद गरेर किसानलाई प्रोत्साहन गरेको, हाटबजार संचालनले बिचौलियालाई निरुत्साहित गर्ने भएकाले भीमफेदी गाउ“पालिकाले हाटबजार संचालन गर्न गइरहेको, भीमफेदीको सुपिङमा विषादीरहित कृषि अवधारणामा काम भइरहेको, बजेटको सिमितताले सबै कामहरु गर्नसक्ने अवस्था नरहेको, आफ्नो पालिकामा सिस्नुको पाउडर उत्पादन भइरहेको, साग, मुला, बन्दा तथा काउलीको उपयोग गर्नेगरी गुन्द्रुकको उद्योग संचालन गर्न गइरहेको, मिनिरल वाटरको उद्योग संचालन गर्ने योजना रहेको, भीमफेदीको कृषि उत्पादनहरु बजारीकरण गर्न र पर्यटन प्रवद्र्धनमा मउवासंघसंग सहकार्य गर्नसकिने अध्यक्ष लामाले बताए ।

मउवासंघका उपाध्यक्ष उज्वल चौलागाईले कृषि उद्यम क्षेत्रमा लगानी, ब्राण्डिङ, बजारीकरण र पर्यटनमा पालिकासंग संघले सहकार्य गर्नसक्ने बतााए । कार्यक्रममा भीमफेदी गाउ“पालिकाका कृषि शाखा प्रमुख उज्वल राना मगरले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रममा संघका कोषाध्यक्ष सन्तोष कुमार अर्याल, सचिव राजाराम कार्की, कार्यसमिति सदस्य तथा मउवासंघको कृषि प्रवद्र्धन समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

मउवासंघले यसअघि विभिन्न चरणमा जिल्लाका दश पालिकाहरु मध्ये आठवटा पालिकाहरुमा कृषि सम्बन्धी अवधारणा प्रस्तुतिकरण गरिसकेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको