हेटौँडा अस्पताल विवादः प्रतिष्ठानबाट अलग गर्नुपर्ने भन्दै विरोध प्रदर्शन

लोकखबर
२ असार २०८१, शनिबार २०:५४

मकवानपुर । हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत संचालन गर्ने निर्णयको चर्को विरोध सुरु भएको छ । आज मात्रै पनि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौँडा अस्पताललाई अलग गर्न माग गर्दै बागमती प्रदेश सभा अगाडि विभिन्न पार्टी निकट युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र माओवादी केन्द्रका युवाहरुले प्रदेश सभा भवन अगाडि प्रदर्शन गरेका हुन् । तीन दल आवद्ध युवाहरुले कालो व्यानरसहित नाराबाजी गर्दै विरोध जनाएका थिए । बागमती प्रदेश सरकारले अस्पताललाई नीजिकरण गर्न खोजेको भन्दै त्यसको खुलेर विरोध गरेका थिए ।

उनीहरुले सार्वजनिक सम्पत्तिलाई निजीकरण गर्न बन्द गर,अस्पताललाई स्मारक बनाउन बन्द गर, क्याबिनेटको निर्णय मान्य हुन्न जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका थिए।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*