हेटौँडा बसपार्कमा बेहोस् भएर बिते आकाश

लोकखबर
२०८१ असार ३, सोमबार ०७:५४

मकवानपुर । हेटौंडा बसपार्कमा अचानक बेहोस भएर एक जनाको मृत्यू भएको छ । बिरगंजबाट हेटौँडामा आएका हेटौँडा १ जरुवाटोल निवासी ३२ वर्षीय आकाश महतको मृत्यू भएको हो ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कमा विरगंजबाट नारायणघाटतर्फ जाँदै गरेको ना ७ ख ३५७५ नंबरको बसमा महत सवार थिए ।

बसपार्कमा बसभित्रै अचानक बेहोस भई उपचारको लागि हेटौडा अस्पताल पठाएकोमा अस्पताल पुग्नासाथ डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको