घट्यो कुलेखानीको विद्यूत उत्पादन
मकवानपुर । मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलाशयको सतह घटेपछि विद्यूत उत्पादन घटेको छ । ६० मेगावाट उत्पादन क्षमता भएको आयोजनाले अहिले २० मेगावाट मात्र विद्यूत उत्पादन गरिरहेको कुलेखानी प्रथम जलविद्यूत केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार पानीको सतह घटेकाले दुई दिनदेखि उत्पादन घटेको छ । केन्द्रका अनुसार १ हजार ५ सय ३० मिटर गहिराइको पानीमा सञ्चालन हुने कुलेखानी जलाशयको सतह घटेर अहिले १ हजार ४ सय ८५ मिटर पुगेको छ ।
अहिले विद्यूतको माग उच्च भएकोले लगातार संचालनमा रहेको केन्द्रमा पछिल्लो पटक पानी नपरेपछि जलाशयको सतह घटेको हो । केन्द्रका अनुसार विक्रम संवत २०५८ पछि यसवर्ष पानीको सतह धेरै घटेको हो ।