संसद भवन परिसरमा प्रहरी जवानले गरे आत्महत्या
काठमाडौँ । नेपाल प्रहरीका एक जवानले नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा आफैलाई गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।
संसद भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको हो । प्रहरी जवान गोेलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ ।
घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ । यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।











































