व्यवसायिक क्षेत्रमा शान्ति सुरक्षा बारे हेटौँडामा अन्तरक्रिया सम्पन्न
मकवानपुर । व्यवसायिक क्षेत्रमा हुने शान्ति सुरक्षाको चुनौतिका विषयमा हेटौँडामा अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ । मकवानपुर उद्योग वाणिज्य संघमा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षता र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दाताराम अधिकारीको आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा संघका पदाधिकारी, सदस्य, बस्तुगत संघहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संघका अध्यक्ष गुप्ताले उद्योगी–व्यवसायीहरुले शान्ति सुरक्षाको अवस्थाको बारेमा राखेका धारणा बुझ्न र थप प्रभावकारी बनाउन कार्यक्रम राखिएको बताए । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दाताराम अधिकारीले प्रहरीको सेवाबाट उद्योगी–व्यवसायी सन्तुष्ट रहे नरहेको बुझ्न कार्यक्रम आयोजना गरेको बताएका थिए ।
अधिकारीले मोबाइल, सुनचा“दी, खाद्य सामान, स्क्र्यापलगायतका व्यवसायमा बढी अपराधजन्य घटना हुने गरेको बताउँदै औषधी व्यवसायीहरुले डाक्टरको प्रेस्क्रिप्सनको आधारमा मात्र औषधी बिक्री गरी निषेधित कार्य रोक्न सचेत रहनुपर्नेमा जोड दिए । अनलाइन ठगी देशभर व्याप्त रहेको र त्यसमा सोझा नागरिकको नागरिकता दुरुपयोग भएको पाइएकाले आफ्नो नागरिकता अनाधिकृत प्रयोग नहुनको लागि होसियार रहनुपर्ने बताउँदै उनले चिनजान र एकदमै विश्वासिलो अनलाइनबाट मात्र खरिद कार्य गर्न, मोबाइल मर्मत गर्न आउनेलाई सोधिखोजी गर्नुपन, काम लाग्ने स्तरको सामानहरु चोरीको हुनसक्ने भएकाले स्क्र्याप व्यवसायीले खरिद नगरी सचेत रहनुपर्नेमा जोड दिए ।
त्यस्तै मकवानपुर हस्तकला संघका अध्यक्ष रमेशराज बज्राचार्यले हस्तकला व्यवसायमा शान्तिसुरक्षाको हिसाबले समस्या नभएपनि स्थानीय भैझगडाहरु तुरुन्त नियन्त्रण गर्नुपर्नेमा जोड दिए । मोबाइल एशोसिएशनका पूर्व अध्यक्ष दिनेश लामाले मोबाइल व्यवसायमा अनलाइन ठगीका घटनाहरु बढेको बताउँदै मोबाइल धनी चोर वा सज्जन थाहा नहुनेभएकाले बिग्रेको मोबाइल मर्मत गर्दा व्यवसायीले प्रहरीबाट कारवाही भोग्नपरेकोप्रति चिन्ता व्यक्त गरे ।
त्यस्तै सुनचा“दी व्यवसायी लालु दुतराजले ग्राहक आपत परेको भनि खरिद गर्न बाध्य बनाउने अनि प्रहरीबाट धरपकड हुनुपर्ने समस्या हल गर्नुपर्ने बताए । मकवानपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा कपडा तथा तयारी पोशाक व्यवसायी संघका अध्यक्ष नेत्र प्रसाद खतिवडाले घुमन्ते व्यवसायीको बिलबिजक चेक गर्नुपर्नेमा जोड दिए । नेपाल फलफूल तथा तरकारी व्यापारी संघका अध्यक्ष कृष्ण प्रसाद हुमागाईले ल्याब रिपोर्ट बिना नै पत्रकारले नेपाली किसानले सिजनमा उत्पादन गरेको फलफूलमा विषादी भनी समाचार बनाइदिंदा समस्या परेको बताए ।
संघका कोषाध्यक्ष सन्तोष कुमार अर्यालले यस खालको अन्तक्र्रियात्मक कार्यक्रम नियमित हुनुपर्ने बताउँदै अपराध न्यूनिकरण गर्नसंघको तर्फबाट सधै सहकार्य रहने बताए ।