थाहा नगरपालिकाले ल्यायो ९१ करोड ९१ लाख बजेट

लोकखबर
२०८१ असार ८, शनिबार ०९:२१

मकवानपुर । थाहा नगरपालिकाले आर्थिक वर्ष २०८१–८२ को लागि ९१ करोड ९१ लाख ४३ हजार ५ सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ । शुक्रबार आयोजित १६ औं नगरसभामा उपमेयर भरत गोपालीले बजेट प्रस्तुत गरेका हुन् ।

विनियोजित बजेटमध्ये चालु खर्चमा ६२ प्रतिशत र पुँजीगत ३८ प्रतिशत विनियोजन गरिएको छ । जसमा संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान १२ करोड २८ लाख, समपूरक अनुदान १ करोड, विशेष अनुदान १ करोड, सशर्त अनुदान ३० करोड ७१ लाख, ६ हजार ५ सय, राजस्व बाडफाँड १० करोड ६५ लाख ३० हजार १ सय ८२, रोयल्टी १ करोड ८९ लाख ६९ हजार ८ सय गरी जम्मा ५७ करोड ५४ लाख ६ हजार ५ सय रुपैयाँ रहेको छ ।

त्यसैगरी प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान १ करोड २३ लाख ९० हजार, समपूरक अनुदान ३ करोड, विशेष अनुदान ६५ लाख, सशर्त अनुदान ७ करोड १८ लाख ६७ हजार र राजस्व बाँडफाँड ९ करोड ३५ लाख ५३ हनार गरी जम्मा २१ करोड ४३ लाख १० हजार रहेको छ । नगरपालिकाको आन्तरिक आयतर्फ राजस्व ९कर तथा गैरकर० ५ करोड र मालपोत २ करोड रुपैयाँ गरी जम्मा ७ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

नगरपालिकाको बजेटले कृषि, पूर्वाधार शिक्षा र पर्यटनको विकासलाई प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी स्वरोजगार र रोजगारीको वातावरण सिर्जना गर्ने जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको