बकैयामा राप्रपाको भेला तथा प्रशिक्षण सम्पन्न

लोकखबर
२०८१ असार ८, शनिबार १०:००

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी बकैया गाउँपालिका कार्यसमितिको आयोजनामा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम बकैया गाउँपालिकामा सम्पन्न भएको छ।

मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवं पुर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहको प्रमुख अतिथितामा कार्यक्रम भएको थियो । गाउँपालिका पदाधिकारी सहित विभिन्न संगठनका प्रतिनिधिहरुको लागि कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको अयोजना गरिएको राप्रपा बकैया गाउँपालिका कार्यसमितिले जनाएको छ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् सांसद दिपक बहादुर सिंह, रामबहादुर थोकर, रामहरि न्यौपाने, पार्टी मकवानपुरका कार्यवाहक अध्यक्ष सागर थापा ,राप्रपा महिला संगठन केन्द्रीय सचिव सरस्वती थिङ र राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका वरिष्ठ नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको