विषालु किराले टोक्दा बल्लतल्ल बाँचिन् मकवानपुरकी निवर्तमान जिसस उपप्रमुख

लोकखबर
११ असार २०८१, सोमबार १४:५९

मकवानपुर । पहिचान नभएको विषालु किराको टोकाईबाट जिल्ला समन्वय समिति मकवानपुरका निवर्तमान उपपप्रमुख भगवती पुडासैनीको ज्यान संयोगले जोगिएको छ । किराले टोकेपछि सामान्य अवस्था सोचेर बसेकी उनको ज्यान पाटन हस्पिटलमा पुगेपछि मात्रै जोगिएको र डाक्टरहरुले समेत उनलाई मृत्यूको मुखबाट जोगाएको पुडासैनीले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् ।

गएको जेठ २२ गते नेकपा एमाले मकवानपुरको अधिवेशनका समयमा कार्यक्रमस्थलबाट घर गएर राति सुत्ने तरखरमा रहेकी उनलाई अर्धनिन्द्रामा नै केही विषालु जीवले टोकेको थियो । तर कमिलाले टोकेको जस्तो लागेकोले उनले त्यसमा खासै ध्यान दिएकी थिईनन् । अवस्थाले विकराल रुप नलिएसम्म सामान्य दुखाई कम गर्ने औँषधि खाएर घरमै बस्ने र विभिन्न काममा सहभागी भएकी उनी अन्तत गाह्रो भएपछि हेटौँडा अस्पतालमा पुगेकी थिईन् । त्यहाँ पनि अवस्था उस्तै भएपछि उनलाई पाटन हस्पिटलमा लगिएको र डाक्टरहरुले मृत्यूको नजिक पुगेकी उनलाई बचाएको उनले फेसबुक पोष्टमार्फत आज जानकारी दिएकी छिन् ।

उनले सामाजिक सञ्जालमार्फत आफुले पुनर्जिवन पाएको बताएकी छिन् । वास्तवमा के भएको थियो भन्ने विषयमा उनले फेसबुक स्टाटसमा खुलाएकी छिन् । हेर्नुहोस् फेसबुक स्टाटस–

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*