दिगो वन व्यवस्थापनका लागि हेटौँडामा तालिम
मकवानपुर । दिगो वन व्यवस्थापन कार्ययोजना कार्यान्वयनको लागि समुहका पदाधिकारी र जनप्रतिनिधिहरुको लागि ४ दिने तालिमको हेटौँडामा शुरु भएको छ । डिभिजन वन कार्यालय राप्ती मनहरीको आयोजनामा तालिम शुरु भएको हो ।
तालिम वन कार्यालयका रेन्जर ज्ञानकुमार रिजालको संयोजकत्वमा भईरहेको छ । बिक्रमबहादुर पण्डितको सभाध्यक्षतामा भएको तालिममा डिभिजन वन कार्यालय का डि.एफ.ओ. लोकराज नेपालको प्रमुख आतिथ्यता रहेको थियोे ।
तालिममा वन तथा वातावरण मन्त्रालय बागमती प्रदेका योजना महाशाखा प्रमुख शम्भु तामाङ, हेटौंडा उपमहानगर पालिका १९ नम्बर वडाअध्यक्ष नरनाथ सुवेदी, ११ नम्बर वडाअध्यक्ष जुना दाहाल,कार्यपालिका सदस्य ईश्वरी रसाइली लगायतको विशेष आतिथ्यता रहेको थियो ।











































