पुरानो मकवानपुर रोडमा एक मानिस मृत फेला

लोकखबर
२०८१ असार ११, मंगलवार १५:४३

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ पुरानो मकवानपुर रोडस्थित आफ्नै घरमा एक्लै बस्दै आएका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मकवानपुर प्रहरीका अनुसार आज दिउँसो घरको शौचालयमा ५४ वर्षीय रामेश्रर श्रेष्ठ मृत अवस्थामा फेला परेका हुन् ।

घरमा एक्लै बस्दै आएका श्रेष्ठ शौचालयमा मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपश्चात वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी टोली खटिएको थियो ।

श्रेष्ठको शव मुचुल्का पश्चात पोष्टमार्टमका लागि हेटौंडा अस्पताल लगिएको प्रहरीले जनाएको छ । उनको मृत्यूको वास्तविक कारणबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको