राक्सिराङ र मनहरीमा चट्याङ, २ जना घाईते
मकवानपुर । मकवानपुरको दुई गाउँपालिकाका छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर २ जना घाईते भएका छन् । मंगलबार दिउँसो चट्याङ लागेर मकवानपुरको राक्सिराङ र मनहरी गाउँपालिकामा चट्याङ लागेको हो ।
मंगलबार दिउँसो मनहरी गाउँपालिका–८ सिमपानीस्थित महेन्द्र किरण माविको कक्षा ८ मा अध्यनरत १५ वर्षीया कविता थिङ विद्यालयबाट घर फर्किने क्रममा चट्याङ लागि घाइते भएको प्रहरीले जनाएको छ । घाइते थिङलाई उपचारका लागि मनहरी अस्पतालमा राखिएको छ ।
त्यस्तै मंगलबार दिउँसो नै राक्सिराङ गाउँपालिका–४ मा हिँडिरहेका ३५ बर्षीय टिकाराम मोक्तानलाई चट्याङ लागेर घाइते भएपछि घाइते मोक्तानको प्राथमिक स्वास्थ्य केन्द्र राक्सिराङमा उपचार भएको प्रहरीले जनाएको छ ।