हेटौँडाकै उत्पादनले अनुज्ञा पत्र पाएपछि सबै खुशी

लोकखबर
१३ असार २०८१, बुधबार १२:३५

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाबाटै उत्पादित चिप्स र दालमोठले मान्यता पाएपछि नगरमा खुशियाली देखिएको छ । हेटौँडा ६ मा रहेको सक्रिय महिला समुहले सञ्चालन गरेको सक्रिय महिला उद्योगले उत्पादन गरेको चिप्स र दालमोठले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञापत्र पाएको हो ।

उद्योगले अनुज्ञापत्र पाएपछि नगरका मेयरदेखि स्थानीयसम्म खुशी भएका छन् । उद्योगले अनुज्ञापत्र पाएको खुशियालीमा हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा र वडा नम्बर ६ का अध्यक्ष बिष्णुबहादुर दाहालले एक कार्यक्रमकाबिच अनुज्ञापत्र सार्वजनिक गर्दै खुशी व्यक्त गरेका छन् ।

अनुज्ञापत्र सार्वजनिक कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उद्योग तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलसहित उद्योगका कर्मचारी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*