रातोमाटेबाट २ जना पक्राउ
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । करिब १ सय ५५ किलोग्राम गाँजासहित चितवन राप्ती नगरपालिका वडा नम्बर २ गड्यौली बस्ने ३६ वर्षीय सुनिल मुक्तानसमेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका २ मध्ये एक जनाको मात्र प्रहरीले नाम सार्वजनिक गरेको छ । अर्का व्यक्तिका विषयमा प्रहरीले जानकारी दिएको छैन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पथलैयातर्फ जाँदै गरेको ना ५ ख १११८ नम्बरको ट्रक जाँच गर्ने क्रममा हुटमा फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।











































