प्रदेश प्रमुख शर्माद्वारा युवालाई कृषिमा लाग्न जोड

लोकखबर
२०८१ असार १४, शुक्रबार २१:४५

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले युवा पुस्तालाई कृषिमा आकर्षित गर्नुपर्नेमा जोड दिएका छन् ।

चितवनमा आयोजित एक कार्यक्रममा प्रदेश प्रमुख शर्माले युवा पुस्तालाई कृषिमा आकर्षित गर्न सकिएमा कृषिजन्यवस्तु आयात कम गर्न सकिने कुरामा जोड दिएका हुन् ।

फोर एच नेपालद्वारा आयोजित तेस्रो कृषि युवा नेतृत्व विकास सम्बन्धी सम्मेलनको उद्घाटन गर्दै उनले नेपालमा रोजगारी पाइएन भनेर विदेश पलायन हुने युवालाई रोकेर कृषि क्षेत्रमा परिचालन गर्नुपर्ने बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको