हेटौँडा १७ मा दिवस मनाईयो
मकवानपुर । हेटौँडा १७ खमारेफाँटमा मकवानपुर उद्योग वाणिज्य संघले शनिबार धान दिवस कार्यक्रम सम्पन्न गरेको छ । संघको कृषि प्रवद्र्धन समितिले कार्यक्रम संयोजन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले धान दिवसको कार्यक्रम मनाइरह“दा कृषिको महत्व र किसानको कामको सम्मानको सन्देश प्रमुख भएको बताईन् । उनले हाम्रा खेतबारी भएपनि खाली राखी किनेर खाने स्वभावले परनिर्भर बनाउ“दै लगेकाले सुध्रिनुपर्ने भनाइ राखेकी थिईन् । मन्त्री मोक्तानले बागमती प्रदेश सरकारको बजेट भर्खरै पास भएको र त्यसमा समुदायमा आधारित कृषि कार्यक्रमको लागि बजेट व्यवस्था गरिएको बताएकी छिन् ।
कार्यक्रममा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले किसानको कर्मको प्रशंसा गर्दै किसानकै परिश्रमले हामी बाचिरहेको बताए
संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षता तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्य र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा हेटौंडा १७ का वडा अध्यक्ष उद्धव सत्याल, हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको पनि आतिथ्यता रहेको थियो ।











































