विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई शिक्षण पेशामा प्रतिबन्ध लगाउन माग

लोकखबर
१८ असार २०८१, सोमबार १३:२२

मकवानपुर । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा चासो व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सांसदहरुले खोटाङ जिल्लामा एक बालिका आफ्नै शिक्षकबाट बलात्कृत भएको भन्दै त्यस्तो अपराध गर्ने शिक्षकलाई कडा कारबाही गर्न र आजीवन शिक्षण पेशाबाट प्रतिबन्ध लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै सांसदहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनीतिक कार्यकर्ताले स्वास्थ्यकर्मीको मनोबल घटाउने कार्य गरेको, काम सकिए पनि निर्माण व्यवसायीलाई समयमा भुक्तानी नदिँदा समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गर्राका छन् ।

सांसदहरुले संविधान संशोधन गर्न सबै दलहरूले छलफल गर्नुपर्ने, माध्यमिक शिक्षा परीक्षा एसइईमा आधा भन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएकाले सामुदायिक विद्यालयको शिक्षण पद्धतिमा सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*