एसईईमा पदमपोखरीको नतिजा कस्तो आयो ?

लोकखबर
१८ असार २०८१, सोमबार १३:५९

मकवानपुर । मकवानपुर जिल्लाको साविक पदमपोखरी गाविस हाल हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ को एसईई परीक्षाको नतिजालाई लिए यतिखेर शिक्षाविदहरुले चिन्ता व्यक्त गरेका छन् । हेटौँडा १२ र १३ का २ सामुदायिक र २ संस्थागत विद्यालयहरुको एसईईमा प्राप्त नतिजाले यतिखेर जिल्लाका अरुका पालिकाहरुमा जस्तै चिन्ता र चासो बढाएको छ ।

हेटौँडा उपमहानगरपालिकाले सार्वजनिक गरेको सूचना अनुसार हेटौँडा १२ पान्तलेस्थित बुद्ध माध्यमिक विद्यालयबाट ५२ जना सहचागी भएकोमा जम्मा ४ जना विद्यार्थीहरुमात्रै उतिर्ण भएका छन् । यो केबल ७.६९२ प्रतिशत हो । त्यस्तै वडा नम्बर १३ पदमपोखरीस्थित महेन्द्र माध्यमिक विद्यालयबाट ७६ जना परिक्षामा सहभागी भएकोमा केबल १२ जना अर्थात १५.७९ प्रतिशत विद्यार्थीहरुमात्रै उतिर्ण भएका छन् । यी दुबै विद्यालयको नतिजामा चित्त बुझाउने ठाउँ छैन ।

यता संस्थागत विद्यालयतर्फ भने फ्यामकोल एकेडेमी पदमपोखरीबाट एसईई परिक्षामा सहभागी भएका ११ मध्ये १० जना अर्थात ९०.९१ प्रतिशत विद्यार्थीहरु उतिर्ण भएका छन् । त्यस्तै पदमपोखरी बुद्ध चोकस्थित सनराईज ईङ्ग्लीस बोर्डिङ स्कूलबाट २५ जना सहभागी भएकामा ६ जना अर्थात २४ प्रतिशत विद्यार्थीहरु उतिर्ण भएका छन् ।

बिगतका वर्षहरुमा राम्रो नतिजा ल्याउने गरेका यी विद्यालयहरुका अनुतिर्ण भएका अधिकांश विद्यार्थीहरु पनि देशभर जस्तै अंग्रेजी, विज्ञान र गणित विषयमा फेल भएका छन् । हेर्नुहोस् नतिजा–

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*