मकवानपुरगढीमा ११ जना किसानलाई च्याप कटर वितरण
मकवानपुर । मकवानपुरगढी गाउपालिकाका ११ जना किसानरुलाई च्याप कटर वितरण गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिनको प्रमुख आतिथ्यतामा किसानहरुलाई च्याप कटर वितरण गरिएको हो ।
मकवानपुरगढी गाउँपालिका पशु शाखाको आर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत वार्षिक कार्यक्रम, पशुपालन तथा यांत्रिकरण कार्यक्रम अन्तर्गत ६० प्रतिशत अनुदान र ४० प्रतिशत कृषकहरुको लागत सहभागीतामा त्यहाँस्थित उज्वल दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध ११ किसानहरुलाई च्यापकटर वितरण गरिएको थियो ।
च्याप कटर वितरण कार्यक्रममा सहकारीका सदस्यहरु, जनप्रतिनिधिहरु तथा अन्य स्थानीयहरुको उपस्थिति रहेको थियो ।











































