एकिकृत समाजवादीको महाधिवेशनमा १२ समूहका सुझाव पेस हुँदै

लोकखबर
२०८१ असार १९, बुधबार १३:२०

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को जारी १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्ताबेजमा आएका सुझाव आज पेस हुने भएको छ ।

१२ समूह बनाएर गरिएको छलफलबाट प्राप्त सुझाव आजको बैठकमा पेस गर्ने कार्यसूची छ । सम्बन्धित समूहका टोली नेताले सुझाव प्रस्तुत गरेपछि दस्ताबेज परिमार्जनसहित अनुमोदन गरिनेछ ।

आजै १ हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने कार्यक्रम छ ।

१ हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि प्रशिक्षण दिइएको छ । शीर्ष नेतृत्वमा सहमतिको प्रयास भए पनि अन्य पदाधिकारी र सदस्यको निर्वाचन हुनेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको