हेटौँडा ४ ले गर्यो एसईईमा उत्कृष्ट भएका विद्यार्थी र शिक्षकलाई सम्मान

लोकखबर
२०८१ असार २०, बिहीबार १३:५३

मकवानपुर । हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले २०८० को एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्र–छात्रा तथा उत्कृष्ट शिक्षकशिक्षिकाहरुलाई सम्मान सहित पुरस्कृत गरेको छ ।

हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडाको व्यवस्थापनमा कार्यक्रम भएको हो । शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालको सभाध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेल रहेका थिए ।

कार्यक्रममा बोल्दै पूर्व मुख्यमन्त्री पौडेलले ४ नम्बर वडाले शिक्षाको क्षेत्रमा धेरै गतिविधि गरिरहेको बताए । उनले हेटौंडा शैक्षिक हबको रुपमा विकास हुँदै गएकोले उच्च शिक्षा तथा विश्व विध्यालयमा अध्ययनका लागि कोही पनि भिसा लगाएर विदेश जान नपर्ने दाबी गरे । यस्तै शिक्षाको क्षेत्रमा आमूल परिवर्तन ल्याउन वडा लागिपरेको कार्यक्रमका विशेष अतिथी वडा अध्यक्ष नविन सिग्देलले बताए ।

कार्यक्रममा कार्यपालिका तथा १ नम्बर वडा सदस्य इश्वरी रसाइली , वडा नम्बर ४ का वडा सदस्य जेयन श्रेष्ठ, नेपाली काँग्रेसका नेता प्रदीप कोइराला , हेटौंडा क्याम्पस प्रमुख देविराम लामा , प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी लगायतको आतिथ्यता रहेको थियोे ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको