बकैयाका चतुरमानलाई १० वर्ष कैद फैसला

लोकखबर
२२ असार २०८१, शुक्रबार ०६:१४

मकवानपुर । बौद्धिक अपांगता भएकी एक युवतीलाई बलात्कार गरेको ठहर गर्दै बकैया गाउँपालिका वडा नम्बर ३ का ५० वर्षीय चतुरमान गोलेलाई जिल्ला अदालत मकवानपुरले १० वर्ष कैद फैसला गरेको छ ।

जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको मंगलबार बसेको इजलासले युवतीलाई बलात्कार गरेकोमा ७ वर्ष र बौद्धिक अपांगता भएकीलाई बलात्कार गरेकोमा थप तीन वर्ष गरी १० वर्ष कैद गर्ने फैसला गरेको हो ।

अदालतले गोलेलाई ३ लाख रुपैयाँ जरिवानासहित ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने आदेश गरेको छ । २०८० पुस २६ गते गोलेले युवतीलाई बलात्कार गरेका थिए । गोले पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदीमा छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*