हेटौँडाबाट काठमाडौं जाने २ सडक पहिरोका कारण बन्द, ३ खुला

चन्द्र घलान
२३ असार २०८१, शनिबार १०:०५

मकवानपुर । शुक्रबार रातिदेखि अविरल परेको वर्षाका कारण पहिरो खस्दा हेटौँडाबाट काठमाडौँ आवतजावत गर्ने २ सडक बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अहिले कान्तिलोकपथ सडकखण्ड अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर ८ महादेवटार, प्रतापडाँडा र बकैया गाउँपालिका वडा नम्बर १२ को आले र बकैया ११ को सिमात घुम्तीमा पहिरो खसी बाटो पुर्णरुप अवरोधभएपछि यो सडक बन्द भएको छ ।

त्यस्तै भिमफेदी गाउँपालिका वडा नम्बर ४ रातोमाटे, ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ माहालक्ष्मीखोला नजिक, मातातिर्थ, चखेल र देउराली जाने बाटो पहिरो खसी बाटो पुर्णरुपमा अवरोध भएको छ ।

त्यस्तै ३ वटा सडक खण्ड भने सुचारु अवस्थामा रहेको छ । त्रिभुवनराजपथ सडकखण्ड अन्तर्गत पालुङ हुँदै काठमाडौँ जान सकिने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अहिले उक्त बाटोमा कही कतै अवरोध छैन । त्यस्तै चित्लाङ चन्द्रागिरी हुँदै काठमाण्डौँ निस्कने बाटोमा पनि अहिले अवरोध छैन । त्यसका साथै ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ छेपारे स्थित सिस्नेरी हुँदै दक्षिण कालिन निस्कने बाटोमा अवरोध आएतापनि अहिले बिहान सवा ९ बजेदेखि बाटो सुचारु भएको प्रहरीले जनाएको छ ।

लगाताकार वर्षा भइरहेकोले अति जरुरी नपरेसम्म यात्रा नगर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*