हेटौँडामा तेक्वान्दो डोजाङलाई खेल सामग्री सहयोग
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ को कार्यालयले हेटौँडामा तेक्वान्दो डोजाङलाई खेल सामग्री सहयोग गरेको छ । मकवानपुर जिल्ला तेक्वान्दो संघको पहलमा हेटौँडा २ स्थित सिद्धार्थ तेक्वान्दो डोजाङलाई वडा कार्यालयले खेल सामग्री सहयोग गरेको हो ।
सिद्धार्थ तेक्वान्दो डोजाङका प्रमुख युसुफ हुसेनलाई संघको उपस्थितिमा २ नम्बर वडा अध्यक्ष विष्णु गोपाल महर्जनले ज्यु ६० हजार रुपैयाँ बराबर को तेक्वान्दो खेल सामाग्री हस्तान्तरण गरेका हुन् ।
खेल सामग्री हस्तान्तरण कार्यक्रममा संघका जिल्ला अध्यक्ष लालकाजी रत्न बज्राचार्य, उपाध्यक्ष ओम कुमार लामा, कोषाध्यक्ष रबिन्द्र डंङोल, तेक्वान्दो नगर अध्यक्ष सुरशा ढुङ्गाना र सदस्य गोपाल सुनारको उपस्थित रहेको थियो ।