विरगञ्ज कारागारमा करेन्ट लागेर कैदीको मृत्यू
विरगञ्ज । विरगञ्ज कारागारमा शनिबार बिहान करेन्ट लागेर एक जना कैदीबन्दीको मृत्यु भएको छ । विरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने ३० वर्षीय अनिल महतो नुनियाको कारागारमा करेन्ट लागेर मृत्यु भएको हो ।
विरगञ्ज कारागारमा २०७५ सालदेखि जेलजीवन बिताउँदै आएका उनको कारागारको मेसमा काम गर्ने समयमा करिब साढे ११ बजे करेन्ट लागेर मृत्यु भएको वडा प्रहरी कार्यालय वीर्ताले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार जबरजस्ती करणी मुद्दामा कारागार सजाय कटाउँदै आएका उनको मेसमा काम गर्ने समयमा मोटरमा आएको करेन्ट लागेर मृत्यु भएको हो । मृतक नुनियाको शव अहिले नारायणी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।