बागमती सरकारबाट बाहिरियो एमाले, मुख्यमन्त्रीले राजिना नदिने

लोकखबर
२०८१ असार २४, सोमबार १२:५५

मकवानपुर । बागमती प्रदेश सरकारबाट सोमबार नेकपा एमाले बाहिरिएको छ । एमालेका ५ मन्त्रीले सामुहिकरुपमा मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा दिएर उनीहरु सरकारबाट बाहिरिएका हुन् ।

एमाले संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले राजिनामा दिएका हुन् ।

एमालेका मन्त्रीको राजिनामासँगै जम्कट्टेल नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । तर मुख्यमन्त्री जम्कट्टेलले तत्काल राजिनामा नदिने कुरा बताइ सकेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको