राक्सिराङमा एसईईको पुरक परिक्षा दिनेलाई निःशुल्क अनलाईन तयारी कक्षा

लोकखबर
२६ असार २०८१, मंगलवार १४:३७

मकवानपुर । राक्सिराङ गाउँपालिकाका एसईई पुरक परिक्षामा सहभागी हुने परिक्षार्थीहरुलाई निःशुल्क अनलाईन तयारी कक्षाको व्यवस्था गरिएको छ । गाउँपालिकाले आजैदेखि अनलाईन कक्षाको सुरुवात गरेको हो ।

गाउँपालिकाले आज सूचना जारी गरेर शैक्षिक विकास तथा युवा रोजगार फाउण्डेसन बागबजार काठमाडौँसँगको सहकार्यमा निःशुल्क तयारी कक्षा थालेको जानकारी दिएको हो । निःशुल्क तयारी कक्षामा सहभागी हुन जुम आईडी–८७४ ६९५४ ७९३६ र पासकोड GPA प्रयोग गरि कक्षामा सहभागी हुन सकिने गाउँपालिकाले जनाएको छ ।

तयारी कक्षा अन्तर्गत हरेक दिन बिहान ६ बजे ऐच्छिक गणित (ओ.पि.टी म्याथ), बेलुका ५ बजे सामाजिक, बेलुका ६ः१० बजे अग्रेजी, बेलुका ७ः१५ बजे गणित र बेलुका ८ः२० बजे विज्ञान विषयको कक्षा हुनेछ ।

गाउँपालिकाले आज हुने कक्षाका बारेमा आजैमात्र सूचना जारी गरेको भन्दै कतिपय स्थानीयले आलोचना गरेका छन् । कम्तिमा पनि एक हप्ता अघि सूचना जारी भएको भए विद्यार्थीहरुले बजारमा बसेर खर्च गरेर तयारी गर्नुपर्ने बाध्यता हट्ने थियो भन्दै स्थानीयहरुले आलोचना गरेका हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*