मकवानपुरगढीका दिक्पालको करेन्ट लागेर ज्यान गयो

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ मा करेन्ट लागेर मंगलबार राति एक युवकको ज्यान गएको छ । मकवानपुरगढी ८ का ३७ वर्षीय दिक्पाल स्याङ्तानको करेन्ट लागेर मृत्यु भएको हो ।
स्थानीय रामबहादुर घिसिङको बारीमा रहेको विद्युत्को पोलको तार छुटाउन जाने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
भीमफेदी इलाका प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी पुगेर मंगलबार राति नै मुचुल्का उठाएर पोस्टमार्टमका लागि शव बुधबार बिहान हेटौंडा अस्पताल ल्याएइको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।