हेटौँडा ११ का दुई जनालाई कारवाही

लोकखबर
२७ असार २०८१, बुधबार १३:०१

मकवानपुर । बालबालिकालाई बालश्रम गराएको आरोपमा श्रम तथा रोजगार कार्यालय हेटौँडाले मंगलबार हेटौँडा ११ का २ व्यक्तिलाई कारवाही गरेको छ । १६ वर्षीया एक बालिकालाई घरेलु बालश्रममा प्रयोग गरेको आरोपमा हेटौँडा–११, गोल्फिन्टारकी माता भनिने भूमिका कालाखेती र हेटौँडा–११ थानाभ¥याङस्थित शेर्पा होटलमा १६ वर्षीया एक बालिकालाई श्रममा लगाउँदै आएका होटल सञ्चालक सुमन शेर्पालाई कारवाही गरिएको हो ।

कालाखेतीले एक वर्षदेखि ती बालिकालाई बालश्रममा लगाएको भन्दै कार्यालयले ७ हजार रुपैयाँ जरिवाना र २४ हजार रुपैयाँ क्षतिपूर्ति गराएको छ । त्यस्तै ५ महिनादेखि बालश्रम गराएको आरोपमा शेर्पालाई नगद ३ हजार रुपैयाँ जरिवानासहित १७ हजार रुपैयाँ क्षतिपूर्ति भराइएको श्रम तथा रोजगार कार्यालय हेटौँडाले जनाएको छ ।

११ नम्बर वडा कार्यालयको अगुवाईमा बालश्रम अनुगमन गर्ने क्रममा २ बालिकाको उद्दार गरिएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*