प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ बागमतीको नेतृत्वमा शिवाकोटी

लोकखबर
२७ असार २०८१, बुधबार १३:२४

मकवानपुर । प्याराग्लाइडिङ्ग तथा ह्याङग्लाइडिङ्ग बागमती प्रदेश संघको अध्यक्षमा मकवानपुरका रामकृष्ण शिवाकोटी चयन भएका छन् । हेटौंडाको रोयल प्यालेसमा भएको संघको प्रथम साधारण सभाले शिवाकोटीलाई अध्यक्ष पदमा चयन गरेको हो ।

सभाले सिन्धुलीका प्रमोद अधिकारीलाई उपाध्यक्ष, चितवनका सुदिप भट्टराईलाई सचिव, काठमाडौका डम्बर बहादुर थिङ्लाइ सहसचिव र मकवानपुरका दुर्गाप्रसाद तिमल्सिनालाई कोषाध्यक्ष पदमा चयन गरेको छ ।

त्यस्तै काठमाडौका बिरेन्द्र गुरुङ, रामेछापकी माया तामाङ, कृष्णबहादुर सुनुवार, मकवानपुरका दिनेश डङ्गोल र विशाल लामालाइ सदस्य पदमा चयन गरिएको छ ।

दुर्गाप्रसाद तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा खेलकुद विकास बोर्ड बागमती प्रदेशका कार्यालय प्रमुख सुर्यबहादुर दाहालको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा प्याराग्लाइडिङ तथा ह्याङ्ग्लाइडिङ्ग संघका केन्द्रिय अध्यक्ष भुपाल चाम्लिङ राई र संविधानसभा पुर्व सदस्य किरण राईको विशिष्ट आतिथ्यता रहेको थियोे ।

प्राविधिक सदस्य सुरेन्द्र कुमार श्रेष्ठ , अधिवक्ता ऋषि केबी र सन्जु दाहालको नेतृत्वमा निर्वाचन भएको थियोे ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*