बकैयामा निःशुल्क आँखा शिविर, ८० जनाको आँखा परीक्षण

लोकखबर
२०८१ असार ३०, आईतवार १०:०१

मकवानपुर । पूर्वी मकवानपुरको बकैयामा शनिवार भएको निःशुल्क आँखा शिविरमा ८० जनाको आँखा परीक्षण गरिएको छ । बकैया गाउँपालिका वडा नं. ५ को आयोजनामा राजदमार स्वास्थ्य सेवा केन्द्रमा भएको आँखा शिविरमा बकैया–४ का ३ जना, ७ नं. वडाका ४ जना र ५ नं. वडाका ७२ जनाको आँखा परीक्षण गरिएको हो ।

शिविरमा आँखा परीक्षण गरिएको मध्य १६ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको बकैया गाउँपालिका वडा नं. ५ का सचिव देवराज लामिछानेले जानकारी दिए । उनीहरूको आँखाको एकहप्तापछि राजदमार स्वास्थ्य सेवा केन्द्रमा अप्रेसन गरिने उनले बताए । सफल फार्मेसी तथा आँखा क्लिनिक, आँखा अस्पतालका डा. रमेश अधिकारी सहितको टिमले आँखा परीक्षण गरेका थिए ।

बकैया गाउँपालिका वडा नं. ५ अध्यक्ष लक्ष्मी जिम्बाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सोम बहादुर माझी, बकैया गाउँपालिका महिला तथा बालबालिका इकाई प्रमुख होमकुमारी संजेल, वरिष्ठ लघुउद्यम सहजकर्ता विकास श्रेष्ठ, राजदमार स्वास्थ्य सेवा केन्द्र इन्चार्ज सम्झना राना लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको