प्रधानमन्त्री केपी शर्माको मन्त्री परिषदमा को–को छन् ?

मकवानपुर । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उनी चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् । प्रधानमन्त्री ओलीको शपथग्रहणसँगै उप्रधानमन्त्री, अर्थमन्त्री तथा मन्त्रीहरुको पनि सपथ ग्रहण गरिएको छ ।
समारोहमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णु पौडेल र उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई शपथग्रहण गराएका छन् ।
त्यस्तै राष्ट्रपति पौडेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पृथ्वी सुब्बा गुरुङ, गृह मन्त्रीमा रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शरदसिंह भण्डारी, परराष्ट्र मन्त्रीमा डा। आरजु राणा, खानेपानी मन्त्रीमा प्रदीप यादव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दामोदर भण्डारीलाई सपथ ग्रहण गराएका थिए ।
त्यसतै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नबल किशोर शाह, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा देवेन्द्र दाहाल, युवा तथा खेलकुद मन्त्रीमा तेजुलाल चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा प्रदीप पौडेल, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा अजय कुमार चौरासीया, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा बद्री प्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा रामनाथ अधिकारी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा, विद्या भट्टराई रक्षा मन्त्रीमा मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा दिपक खड्का, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा राजकुमार गुप्ता, वन तथा वातावरण मन्त्रीमा ऐन बहादुर शाही ठकुरीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।