झरनाको ३०५ औँ साहित्य शृङ्खलामा ‘झरिमा कविता’

मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरले सोमबार ३०५ औँ नियमित सृङ्खला अन्र्तगत झरीमा कविता शृङ्खला गरेको छ ।
संस्थाको संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीको आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा उनले यस संस्थाले हरेक परिस्थितिमा पनि नियमित कार्यक्रम गर्न नछोडेको सम्झँदै साहित्यिक कार्यक्रमहरू हुनुपर्नेमा जोड दिए ।
साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, झरनाका निवर्तमान अध्यक्ष दीपक गौतम, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिना, सचिव सुवास सजल, लघुकथा साहित्य चौतारी मकवानपुरका संयोजक किशन पौडेल, कथाकार समिर पाख्रीन, कवि सुवास खनाल, साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानु खनाललगायतले रचना वाचन गरेका थिए ।
झरनाले साहित्यिक महोत्सव, काव्य प्रशिक्षण, पुस्तकहरुको परिचर्चादेखि नियमित रुपमा झरना साहित्यिक अर्धबार्षिक पत्रिका प्रकाशनको कामसमेत गर्दै आइरहेको छ ।
झरनाका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षता तथा उपाध्यक्ष चिरञ्जीवि लामिछानेले सहजीकरण गरेका थिए ।