समाजवादी मोर्चाले पछिल्लो राजनीतिक परिस्थितीबारे छलफल गर्दै

लोकखबर
१ श्रावण २०८१, मंगलवार ०९:२९

मकवानपुर । पछिल्लो राजनीतिक अवस्थापछि आवश्यक निर्णय लिन समाजवादी मोर्चाको बैठक बस्दैछ । मंगलबार अपरान्ह ४ बजे नेकपा (एकीकत समाजवादी)को केन्द्रिय कार्यालय आलोकनगरमा बैठक बस्ने तयारी छ ।

बैठकले समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गर्ने बताइएको छ । समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।

पार्टी फुटेपछि जनता समाजवादी पार्टी, नेपाल भने मोर्चाबाट बाहिरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*