हेटौंडा १ र ३ मा ढुङ्गा गिट्टी उत्खननबारे सार्वजनिक सुनुवाई

लोकखबर
२०८१ श्रावण ३, बिहीबार १७:१७

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगर पालिका १ नम्बर वडा कार्यालयमा सार्वजनिक सुनुवाइ गरिएको छ ।
१ नम्बर र ११ नम्बर वडा जोड्ने राप्ती नदीबाट जथाभावी ढुङ्गा, गिट्टी, बालुवा उत्खननका विषयमा सरोकारवालाहरुबीच अन्तरक्रिया सहितको सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको १ नम्बर वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।

वडाध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा ११ नम्बर वडाध्यक्ष जुना दाहाल , उप महानगर कार्यपालिका सदस्य इश्वरी रसाइली, ११ नम्बर वडासदस्यद्वय सन्जय बिडारी, विकास नेपाल लगायत सरोकारवालाहरुको उपस्थिति थियोे ।

यस्तै, हेटौंडा उपमहानगर पालिका ३ नम्बर वडामा पनि नदिजन्य पदार्थ उत्खनन् बिषयलाइ लिएर सार्वजनिक सुनुवाई गरिएको छ ।

३ नम्बर वडाध्यक्ष ढलकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा ११ नम्बर वडाध्यक्ष जुना दाहाल, १९ नम्बर वडाध्यक्ष नरनाथ सुवेदी , ११ नम्बर वडा सदस्य गोपिनी सापकोटा , ३ नम्बर वडा सदस्य हर्क बहादुर पाख्रीन , हेउमनपाका अधिकृत बसन्तराज सिटौला लगायत सरोकारवालाहरुको उपस्थिति थियो ।

कार्यक्रममा क्रसर उद्योगहरु समस्यामा परेको यसका सञ्चालकहरुले गुनासो गरेका थिए । सरकारले नीति राम्रो नबनाउने अनि व्यवसायीहरुलाई गलत दृष्टिले हेर्ने गरेको गुनासो गरे ।

क्रसर व्यवसायीहरुकै कारण निर्माण सम्बन्धी काम सम्पन्न हुने हुनाले व्यवसायीका हितका विषयमा सरकारले सोच्नुपर्ने कुरा उठाइयो र हेटौंडा उपमहानगर पालिकाले नदी उत्खनन गर्ने , कहाँ कम गर्ने, कहाँ उत्खनन गर्दैनगर्ने भन्ने बिषयमा नीतिनिर्माण गरी कार्यान्वयन गरेर अघि बढ्ने योजना राखेको प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको