थानाभर्‍याङमा निर्मित अल्पकालिन आवास गृह उद्घाटन

लोकखबर
५ श्रावण २०८१, शनिबार ०६:४२

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका –११ थानाभर्‍याङमा घरेलु हिंसा पीडित तथा प्रभावित महिला तथा बालबालिकाको लागि निर्मितअल्पकालीन आवास गृह (सेफ होम ) उद्घाटन तथा हस्तान्तरण गरिएको छ ।

बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मुक्तानले रिबन काटेर आवास गृह उद्घाटन गरेकी हुन् ।
सामाजिक विकास मन्त्रालय बागमती प्रदेश सचिव बद्रीनाथ गैरेको अध्यक्षतामा भएको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सामाजिक विकासमन्त्री मुक्तानको प्रमुख आतिथ्यता थियोे ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाध्यक्ष जुना दाहाल , वडासदस्य गोपिनी सापकोटा, गीता सुनार, उपमहानगर पालिकाकी महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने,सिविन बाल हेल्प लाइन हेटौंडाका प्रमुख झबिन्द्र ज्ञवाली लगायतको आतिथ्यतामा भवन उद्घाटन गरिएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*