एसईईमा उत्कृष्ट नतिजा ल्याउने मनहरीमा सम्मानित

लोकखबर
२०८१ श्रावण ५, शनिबार ०७:१५

मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) मनहरी गाउँपालिका समितिले २०८० सालको एसईई परीक्षामा गाउँपालिकाको विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ ।

शुक्रबार बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका विद्यालयहरुबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान गर्दै सामाजिक विकास मन्त्री मोक्तानले विद्यार्थीहरु भविष्यको कर्णधार भएकोले अध्ययनमा विशेष ध्यान दिन आग्रह गरिन् । मन्त्री मोक्तानले समाजको सकारात्मक विकास गर्न विद्यार्थीको महत्वपूर्ण भूमिका हुने बताईन्।
सम्मान कार्यक्रममा मनहरी गाउँपालिकाका विभिन्न विद्यालयबाट एसईई परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने १ सय १२ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रमका विशेष अतिथि नेकपा माओवादी केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतमले विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि यस्तो सम्मान कार्यक्रमले थप प्रेरणा मिल्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, नेकपा माओवादी केन्द्र मकवानपुर सचिव बिर बहादुर घलान (ज्वाला), बागमती प्रदेश कमिटी सदस्य तथा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, बागमती प्रदेश सदस्य बिबेक राई,जेष्ठ कम्युनिस्ट मञ्च केन्द्रीय सदस्य रामहरि सुबेदी, जनप्रतिनिधि वडा अध्यक्ष राजकुमार पाख्रिन, प्रकाश थापा, अखिल (क्रान्तिकारी) बागमती प्रदेश कमिटी सचिव रामकृष्ण शिवाकोटी, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य राजेन्द्र मोक्तान, अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला कमिटी अध्यक्ष बुद्धराज अर्याल, उपाध्यक्ष दिपक वाइवा, सचिव छोइसाङ लामा, सहसचिव विजन लटौंला, कोषाध्यक्ष अनिल बसेल, वाईसिएल हेटौंडा ५ का अध्यक्ष हरि ढकाल, अखिल क्रान्तिकारी जिल्ला सदस्य प्रचण्ड बैजु, पुष्पा सुनार, विशाल जिम्बा र आयुष ठकुरी लगायतको आतिथ्यता रहेको थियो ।

अखिल क्रान्तिकारी मनहरी गाउँ कमिटीका अध्यक्ष प्रकाश मिजारको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव सन्दिपा अर्यालले सन्चालन गरेकी थिईन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको